अर्घाखाँची २६ माघ । शितगंगा नगरपालिका वडा ८ लाहापेमा माओवादी केन्द्र र कांग्रेसबाट (नेकपा) एमालेमा २ सय १० जना कार्यकर्ता प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी, अर्का सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेश सचिवालय सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगायतका नेताले पाटीमा स्वागत गरे । घिमिरे २ सय जना माओवादीबाट र १० जना कांग्रेसबाट प्रवेश गरेको बताए ।
गाउँमा प्रभाव पार्ने स्थानीय नेता कार्यकर्ता प्रवेश गरेका हुन । शितगंगा नगरपालिका वडा ८ लाहापेमा बृहत पाटी प्रवेश तथा वडा पाटी कार्यालयको स्थापना गरिएको छ । एमालेका जिल्ला नेता प्रेमनारायण गैरेले एमालेमा प्रवेश गर्नेको लहर नै चलेको बताए ।
नेकपा (एमाले) शितगंगा नगर कमिटीले १ महिना पहिला देखि पार्टी संगठन निर्माण र विस्तार तथा पार्टी प्रवेश अभियान सञ्चालन गरिरहेको शितगंगा नगर कमिटी अध्यक्ष वसन्त श्रेष्ठले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend