आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

रिजालले राखे एमालेलाई प्रश्न – मलाई जोताउन किन पार्टी नेतृत्वले ढिलो गरिरहेको छ ?

रिजालले राखे एमालेलाई प्रश्न – मलाई जोताउन किन पार्टी नेतृत्वले ढिलो गरिरहेको छ ?

 

काठमाडौं २६ माघ । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले आगामी निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउन रणनीतिक योजना सहीत घर दैलो कार्यक्रम गर्नु पर्ने बताएका छन् । नेता रिजालले ७७ वटै जिल्लामा स्थानीय तह देखि नै घरदैलो कार्यक्रम गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘आगामी स्थानीय तहको चुनावलाई लक्षित गरेर दुई तिहाई भन्दा बढी ठाँउमा एमाले पार्टीलाई विजय गराउन रणनीतिक योजना सहीत घर दैलो कार्यक्रम ल्याएर ढिलो नगरी पार्टी नेतृत्व अघि बढ्नु पर्ने अवस्था आएको छ ।’

आफूसँग नेकपा एमालेलाई जिताउने रणनीति कार्यनीति योजना भएको उनको दावी छ । उनले भने, ‘म सँग एमाले पार्टीलाई जिताउने रणनीति कार्यनीति योजना भएकोले मलाई बढी भन्दा बढी पार्टीले परिचलान गरोस । म चौविसै घण्टा आफ्नो जनप्रिय पार्टी एमालेको लागि चुनाव मात्र होइन सधै पार्टीको सिपाही यौद्धाको रुपमा जोतिन तयार छु ।’ उनले आफूलाई पार्टी नेतृत्वले पार्टी काममा लगाउनु पर्ने बताए । उनले भने, ‘मलाई पार्टीको संगठन विस्तारको लागि जोताउन किन पार्टी नेतृत्वले ढिलो गरिरहेको छ ? ’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend