काठमाण्डौं १६ माघ । ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज काठमाण्डौं उपत्यकामा प्रदर्शन गरेका छन । एमसीसी सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी) ,राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले दिउँसो १२ बजे देखि प्रदर्शन गरेका हुन ।
माइतीघरबाट जुलुससहित सुरु भएको प्रदर्शन संसद भवन नयाँ बानेश्वरसम्म पुग्ने छ । उनीहरुले देशैभरका सदरमुकामहरूमा संयुक्त विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम रहेको छ । सरकारले एमसिसी संसद्बाट अनुमोदन गराउने तयारी थालेपछि ६ दल र दुई मोर्चा विरोधमा उत्रिएका हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend