सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अब कतारमा बस्ने नेपालीले उतैबाट ई पासपोर्ट बनाउन सक्ने

अब कतारमा बस्ने नेपालीले उतैबाट ई पासपोर्ट बनाउन सक्ने

 

काठमाडौं २४ माघ । अब कतारमा बस्ने नेपालीको कतारबाटै राहदानी बनाउन पाउने भएका छन्। कतारस्थित नेपाली राजदूतावास दोहाबाट लाइभ इनरोलमेन्ट प्रक्रिया पूरा गरी विद्युतीय राहदानी (ईपासपोर्ट) बनाउन सकिने भएको हो।

आज २०७८ माघ २३ गते नेपाली राजदूतावास दोहाबाट लाइभ इनरोलमेन्ट प्रक्रिया पूरा गरी राहदानी विभाग, काठमाडौंबाट सफलतापूर्वक पहिलो विद्युतीय राहदानी तयार भएको छ। यो सफलतासँगै नेपाली राजदूतावास, दोहा ई पासपोर्ट प्रणाली प्रयोगमा ल्याउने बिदेशस्थित नेपाली नियोगहरू मध्ये पहिलो नेपाली नियोग बनेको राजदूतावास दोहाले जनाएको छ।

आजबाटै दूतावासमा ई पासपोर्ट आवेदन दिनका लागि प्रि इनरोलमेन्ट बुकिंग खुला गरिएको छ। त्यसको लागि विद्युतीय माध्यमबाट तोकिएका विवरण तथा कागजातहरु https://emrtds.nepalpassport.gov.np  मा  अपलोड गर्नुपर्नेछ। यो समाचार अन्नपूर्णपोष्टमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend