तस्बिरः गंगा दाहालको फेसबुकबाट
काठमाण्डौ २३ माघ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बैठक सुरु भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज आइतवार दिउँसो ४ बजेको समयमा बालुवाटार पुगेका थिए ।
निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक बालुवाटार प्रवेश गरेका हुन । उनीहरू बीचमा पछिल्लो समसामयिक राजनीतिका साथै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारेमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।
अमेरिकाले फागुन १६ गतेभित्र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गरिसक्न पत्र पठाएपछि प्रधानमन्त्री तत्कालै सम्झौता पास गर्ने तयारीमा हुनुहुन्छ तर सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले संशोधन गरेर मात्रै पास हुनुपर्ने अडान लिएपछि प्रधानमन्त्री देउवा अप्ठेरोमा परेका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend