आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

 

 

काठमाडौं २३ माघ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

स्रोतका अनुसार अध्यक्ष ओली साँझ सवा ६ बजेतिर नेपाल प्रहरी र सशस्त्र प्रहरी अघिपछि लगाएर सेतो जिपमा शीतल निवास छिरेका हुन्।

एमालेले संसद् बैठकमा एकोहोरो अवरोध गरिरहेका बेला, एमसीसी विवाद चर्किएका बेला तथा स्थानीय तहको चुनाव गर्ने तयारी भइरहेका बेला एमाले अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीलाई भेट्नु अर्थपूर्ण मानिएको छ। नेपालखबरबाट

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend