आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले नेता प्रभु साहको रौतहटमा भब्य मन्तब्य, कार्यकर्तालाई दिए यस्तो निर्देशन

एमाले नेता प्रभु साहको रौतहटमा भब्य मन्तब्य, कार्यकर्तालाई दिए यस्तो निर्देशन

 

रौतहट २२ माघ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रभू साहले भब्य मन्तब्य दिदै मधेस प्रदेशको विकासको लागि नेकपा एमालेको सरकार हुनुपर्ने बताएका छन । रौतहटमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै नेता साहले यस्तो बताएका हुन । साहले सम्पूर्ण कार्यकर्तालाई आपसी मतभेद भूलेर एकढिक्का भएर अगाडि बढ्न निर्देशन समेत दिए । उनले आफूहरुले पदबाट राजीनामा दिन लागेको भनेर गलत प्रचार गरिएको बताए ।

एमालेमा पदाधिकारी रहेको पूर्व माओवादी नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असंतुष्ट भएर राजिनामा दिने कुरा केवल हल्ला मात्र भएको उनको भनाइ छ ।

साहले प्रतिक्रियावादी शक्तिहरुले जनतामा भ्रम छर्न यस्ता गलत समाचारहरु फैलाएको भन्दै त्यस्ता हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरे ।

‘हाम्रोभित्र फुट गराउने, क्याडेटमा विवाद उत्पन्न गराउने, मुढभेड गराइदिने उनीहरुको कामै हो’ उनले भने, ‘तर हाम्रो काम भनेको जनता उत्साह पैदा गर्ने, भ्रम हटाउने र गर्डगडाहाटको साथमा आफ्नो मिसनलाई अगाडि बढाउने हो । त्यसैले यस्ता समाचारहरु आएमा नसुनिकन खारेज गरिदिनुहोला।’

आफुहरु समृद्धिको लडाइमा रहेका यस्ता हल्लाहरुले कुनै असर नगर्ने भन्दै उनले देशलाई समृद्ध बनाउन नेकपा एमालेले मात्र सक्ने दावी गरे।

 

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend