आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

जसपाका केन्द्रीय सदस्य सिंह माओवादी केन्द्रमा प्रवेश

जसपाका केन्द्रीय सदस्य सिंह माओवादी केन्द्रमा प्रवेश

 

 

डडेल्धुरा २२ माघ । जनता समाजवादी पार्टी, नेपाल(जसपा) का केन्द्रीय सदस्य लक्ष्मण सिंह जसपा परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार डडेल्धुरामा एक समारोहका बीच सिंह माओवादी केन्द्रमा प्रदेश गरेका हुन । उनलाई माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले माओवादी केन्द्रमा स्वागत गरेका छन् ।

पार्टी प्रवेशपछि सिंहले आफूसँग रहेको सिंगो टिम नै माओवादीमा प्रवेश गर्ने बताए। ‘म सँग रहेका ५० जनाको टिम जिल्ला गएपछि पार्टीमा प्रवेश गर्छन्। पछि जिल्लाका करिब ७ सय कार्यकर्ता पनि माओवादीमा आउँछन्’ उनले भने। लक्ष्मण सिंहलाई कुनै जिम्मेवारी दिने छलफल भइरहेको नेकपा माओवादी केन्द्र डडेल्धुराका अध्यक्ष मान सिंह मालले बताएका छन्। सिंह जसपाअगाडि नेपाली कांग्रेसबाट सक्रिय राजनीति गर्दै आएका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend