काठमाण्डौं २२ माघ । ललितपुरका रामकृष्ण हुमागाईं नेपाली कांग्रेस छाडेर नेकपा एमालेमै फर्किएका छन्। हुमागाईं शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास (बालकोट) मा भेटवार्ता गरी पुनः एमालेमै आएका हुन्।
उनी नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुँदा कुनै जिम्मेवारी नपाएपछि रिसाएर कांग्रेस प्रवेश गरेका थिए ।
नेकपा एमाले ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यले तस्बिरसहित सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय रामकृष्ण हुमागाईं आज ९शुक्रबार० बाट आफूले ४०औं वर्ष मेहनत गरेको आफ्नै घरमा फर्कनुभएको छ।’
गत निर्वाचनका बेला प्रदेश सासंदको उम्मेदवारी दिने लगभग पक्का भएको अवस्थामाा टिकट नपाएपछि हुमागाईं असन्तुष्ट भएका थिए।
त्यसपछि कांग्रेसमा प्रवेश गरेका उनी हालै भएको जिल्ला अधिवेशनमा प्राथमिकतामा परेनन्। त्यसपछि उनले केही समयअघि सामाजिक सञ्जालमार्फत आफू कांग्रेसमा नरहने घोषणा गरेका थिए। उनी शुक्रबार आफ्नो पुरानै पार्टी एमालेमा फर्किएका हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend