काठमाडौं २१ माघ । काठमाडौं उपत्यकामा निजी सवारी र ट्याक्सीमथि लगाइएको जोर – बिजोर प्रणालीबारे सरकारले भोलि निर्णय गर्ने भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार निजी साधनमाथिको जोर-बिजोर प्रणाली भोलिसम्म रहेको र भोलि उपत्यकाका तीन वटै सिडिओ कार्यालयको बैठक बसी यसबारे निर्णय गरिनेछ ।
माघ १४ गतेदेखि सार्वजनिक सवारीबाहेक निजी र ट्यासीमाथि जोररबिजोर लागू गरिएको थियो । जसको समय अवधि भोलि सकिँदैछ ।
सिडिओ रिजालले कोरोना संक्रमण अवस्थालाई मध्यनजर गरेर निजी र ट्याक्सीमा जोररबिजोर प्रणाली लगाइने वा नलगाइनेबारे निर्णय गरिने बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend