आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

गठबन्धनभन्दा राष्ट्रियता ठूलो, कुनै पनि हालतमा एमसीसी पास हुदैनः चित्रवहादुर केसी

गठबन्धनभन्दा राष्ट्रियता ठूलो, कुनै पनि हालतमा एमसीसी पास हुदैनः चित्रवहादुर केसी

फाइल तस्विर

 

दाङ २० माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले संसद अवरुद्ध गरेर जनताको आवाज बोल्ने थलो बन्द गर्नु राम्रो संकेत नभएको बताएका छन ।
राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन । उनले संसद लामो समय अवरुद्ध हुँदा प्राप्त उपलब्धी गुम्ने खतरा रहेको उल्लेख गरे ।उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) ल्याउने शर्तमा सत्तारुढ गठबन्धनलाई निरन्तरता दिन नसक्ने बताए ।
उनले गठबन्धनभन्दा राष्ट्रियता ठूलो भएको टिप्पणी गरे ।‘नेपाली कांग्रेस गठबन्धन कायम राख्नुपर्छ भन्नेमा लागि परेको छ’ उनले भने, ‘त्यही गठबन्धनको आडमा एमसीसी आउन प्रयास भइरहेको छ । कुनैपनि हालतमा एमसीसी पास हुदैन ।’

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend