आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

डा केसीले स्वास्थ्यमन्त्रीलाई बुझाए ७ बुँदे ज्ञापनपत्र

डा केसीले स्वास्थ्यमन्त्रीलाई बुझाए ७ बुँदे ज्ञापनपत्र

 

काठमाडौं २० माघ। डा गोबिन्द केसीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सरकारसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न तथा स्वास्थ्य सेवा गुणस्तरीय, निशुल्क, सुलभ बनाउन माग गरिएको छ । देशभर खुलेका मापदण्डविनाका निजी स्वास्थ्यसंस्था बन्द गराउन उनले सरकारलाई आग्रह गरेका छन् । पूर्वाधार र पर्याप्त जनशक्तिबिना निजी स्वास्थ्य संस्था खुल्ने क्रम बढेको भन्दै उनले यसबाट बिरामी ठगीने तथा मृत्यु हुनेसम्मको अवस्था रहेको उल्लेख गरेका छन् ।

नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा चिकित्साशास्त्रका विद्यार्थीसँग अतिरिक्त रकम माग गरिएको भन्दै डा। केसीले ती कलेजका सञ्चालकलाई कारवाही गर्न पनि माग गरेका छन् ।

ज्ञापन पत्रमा भनिएको छ, ‘आपराधिक पृष्ठभूमिका व्यक्तिले चलाइरहेका नोबेल मेडिकल कलेज र काठमाडौं कलेज तथा अरु कलेजहरुमा समेत विद्यार्थीबाट अवैध रुपमा अतिरिक्त लाखौं रुपैयाँ असुल्ने प्रयास अहिले पनि जारी छ । आन्दोलनरत विद्यार्थीहरुको भविष्य अहिले पनि अन्योलमा छ । चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनका बाबजुद अवैध असुलीको प्रयास र विद्यार्थीमाथिको गुण्डागर्दी अझै जारी भएकाले त्यसलाई तत्काल रोकी दोषी मेडिकल कलेज सञ्चालकहरुमाथि कडा कारवाही गरियोस् ।’

साथै देशका सबै तहका स्वास्थ्य संस्थाहरुको चुस्त अनुगमन गरी मापदण्डविपरीतका स्वास्थ्य संस्थाहरुलाई बन्द गराइ दोषीहरुलाई कारवाही गर्न पनि माग गरिएको छ । यस्तै डा। केसीले माग पूरा नभएमा थप संघर्षको कार्यक्रम गर्ने बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend