फाइल तस्बिर।
काठमाडौं २० माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग एमसीसी पारित गर्ने विषयमा सहयोग मागेका छन । उनले संसद्बाट एमसीसी पारित गर्ने विषयमा ठाकुरसँग यस्तो सहयोग मागेका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार देउवा र ठाकुरबीच एमसीसीलगायत पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले बताएको छ ।
छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी मुलुकको हितमा भएकाले संसद्बाट पारित गर्न लोसपाको भूमिका महत्वपूर्ण हुने बताएका थिए । जवाफमा अध्यक्ष ठाकुरले एमसीसी पारित गर्ने विषयमा आफ्नो पार्टी सकारात्मक रहेको बताए।
सोही क्रममा प्रधानमन्त्री देउवाले सभामुख अग्नीप्रसाद सापकोटाले संसद्मा एमसीसी टेबल गर्ने विषयमा आनाकानी गरे सभामुखको विकल्प समेत खोज्न सकिने बताएका थिए । प्रधानमन्त्री देउवाले सभामुखलाई हटाउने अवस्था आए त्यसबेला आफूलाई सहयोग गर्न ठाकुरसँग आग्रह गरेका थिए । ठाकुर प्रतिनिधिसभाका जेष्ठ सदस्य हुन्।
अध्यक्ष ठाकुरले एमसीसीबारे सरकारले निर्णय लिनुपर्ने र त्यसपछि आफ्नो भूमिका प्रष्ट हुने प्रधानमन्त्री देउवालाई जवाफ दिएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend