आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सरकारले अब छिट्टै निर्वाचनको मिति घोषणा गर्ने, सरकार र आयोगबीच भयो यस्तो सहमति

सरकारले अब छिट्टै निर्वाचनको मिति घोषणा गर्ने, सरकार र आयोगबीच भयो यस्तो सहमति

 

 

काठमाडौं १८ माघ । आगामी २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सरकार र निर्वाचन आयोगबीच सहमति भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीहरुबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने सहमति गरेको हो ।

छलफलपश्चात आयोगले सरकारलाई ६ बुदे सुझाव पत्रसमेत दिएको छ । उक्त बुँदागत पत्रमा आयोगले कोरोना महामारीबीच जेठ ४ मै स्थानीय निर्वाचन कसरी गर्ने भन्ने बारेमा विभिन्न सुझावहरु दिएको छ ।

स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । आयोगले त्यसभन्दा अघि नै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने काुननी बाध्यता रहेको सुझाव पत्रमा भनेको छ ।

प्रधानमन्त्री देउवाले आयोगसँगको परामर्शपछि तयारी अघि बढाउनसमेत निर्देशन दिइसकेका छन् । साथै, सरकारले अब छिट्टै निर्वाचनको मिति घोषणा गर्नेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend