आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले महासचिव पोखरेलले गरे एमसीसीका बिषयमा पार्टीको धारणा सार्वजनिक

एमाले महासचिव पोखरेलले गरे एमसीसीका बिषयमा पार्टीको धारणा सार्वजनिक

 

 

काठमाडौं माघ १८ एमाले महासचिव शंकर पोखरेलले मंगलबार सामाजिक सञ्जालमार्फत पार्टीको माग सम्बोधन नभएसम्म अन्य एजेन्डामा प्रवेश नगर्ने स्पष्ट पारेका छन् । एमालेले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गराउन सहयोग गर्ने चर्चा चलिरहेका बेला पोखरेलले यसबारे धारणा सार्वजनिक गरेका हुन् ।

एमाले महासचिव पोखरेलले यो चर्चालाई भ्रम भनेर टिप्पणी गरेका छन् । ‘जबसम्म प्रतिनिधिसभाको अवरोधका विषयमा नेकपा एमालेको मागको सम्बोधन हुँदैन, तबसम्म अन्य एजेन्डामा सहभागी हुने कुरा छैन । भ्रम नछरौं,’ पोखरेलले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन् ।

एमालेको माग भनेको सभामुखले १४ सांसदलाई पदमुक्त गरेको सूचना संसद् सचिवालयको सूचना पार्टीमा टाँस गरेको हुनुपर्ने छ । तर, सभामुख अग्निप्रसाद सापकोटाले यसलाई अस्वीकार गर्दै आएका छन् ।

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend