आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

देउवा, प्रचण्ड र माधवबीच भेटवार्ता, राजनीतिमा नयाँ तरंग पैदा

देउवा, प्रचण्ड र माधवबीच भेटवार्ता, राजनीतिमा नयाँ तरंग पैदा

 

काठमाडौं १७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) विवाद चलिरहेको बेलामा तीन शीर्ष नेताहरूको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन शीर्ष नेताहरूबीच भएको भेटवार्तामा पछिल्लो समयको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

तीन नेताबीचको छलफलमा एमसिसी र स्थानीय तहको निर्वाचनको मिति तोक्ने बारेमा छलफल भएको बुझिएको छ।

शनिबार बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी अनुमोदन गर्ने शर्तमा मात्रै गठबन्धन कायम राख्ने शर्तले नयाँ तरंग पैदा भइरहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend