तस्विर फाइल
काठमाडौं १७ माघ। सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन ।
यही बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै उनले सर्वसम्मतीले एमसीसी पारित गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन । भट्टराईले सामाजिक संजाल ट्वीटरमा लेखेका छन, –‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतीले संसदबाट पारित गरौं ।
सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमन विरोधी गठबन्धन नटुटोस् । एमसीसी प्रकरण नेपालका रुढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस् भन्दै उनले सामाजिक संजालमा लेखेका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend