काठमाडौं १७ माघ । नेपाली बजारमा सोमवार सुनको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend