आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमालेका सचिव रायमाझीले दिए गृह जिल्ला अर्घाखाँची पुगेर यस्तो कडा प्रतिक्रिया

एमालेका सचिव रायमाझीले दिए गृह जिल्ला अर्घाखाँची पुगेर यस्तो कडा प्रतिक्रिया

 

अर्घाखाँची १५ माघ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले गृह जिल्ला अर्घाखाँची पुगेर सत्ताधारीहरूलाई कडा प्रतिक्रिया दिएका छन । उनले विपक्षीदलका विरुद्ध गठबन्धन गरी सत्ताधारीहरूले हार स्वीकार गरेको बताएका छन् ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ धारापानीमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै रायमाझीले देश एमालेले मात्रै बनाउने दाबी गरे । उनले आगामी निर्वाचनमा एमाले बहुमतमा आउने दाबी गरे । देश भरी एमालेको पक्षमा जनलहर आइरहेको उनले बताए । गठबन्धनले एमालेलाई कुनै अससर नगरेको बताउदै उनले एमाले एक्लै चुनावमा भिडने बताए ।

‘देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ, हामी सहयोगीको भूमिकामा रहन्छौँ ।’ रायमाझीले भने, देश एमालेले नै रुपान्तरण गर्छ ।’रायमाझीले स्थानीय युवा व्यवसायी माधव बन्जाडेसहित नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका करिब पाँच दर्जनलाई पार्टी प्रवेश गराएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend