आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रतिक्रियावादीहरुले भ्रामक खबर फैलाएः एमाले नेता प्रभु साह

प्रतिक्रियावादीहरुले भ्रामक खबर फैलाएः एमाले नेता प्रभु साह

 

 

रौतहट १४ माघ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहले कुनै पनि षडयन्त्रले अब एमाले पार्टीलाई कमजोर बनाउन नसक्ने दाबी गरेका छन् । उनले एमालेको लोकप्रियतासँग डराएर नै पाँच दलीय गठबन्धनले पद रिक्त रहेका कतिपय स्थानमा उपनिर्वाचन नगराएको बताए । साहले नेकपा माओवादी केन्द्रबाट एमालेमा गएका नेताहरुले सामूहिक राजीनामा दिने भन्ने आशयको खबर भ्रामक र गलत रहेको बताए । प्रतिक्रियावादीहरुले यस्तो भ्रामक खबर फैलाएको उनको भनाइ छ ।

शुक्रबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहपुरस्थित एमाले नगर कमिटीद्वारा आयोजित अगुवा भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

‘६ महिनामा गर्नुपर्ने उपचुनाव पद सकिएको एक वर्ष भइसक्दा समेत गराउन नसक्नु भनेको गठबन्धनभित्र हारको डर नै प्रमुख कारण हो,’ उनले भने । राष्ट्रियसभाको निर्वाचनले पनि सत्तारुढ गठबन्धन एमालेसँग झस्किएको बताउँदै साहले समयमै स्थानीय तहको निर्वाचन गराउनुपर्नेमा जोड दिए ।

उनले ओलीको सरकारका पालामा सुरु भएका विकास निर्माणका योजनाहरु देउवा सरकारले रोकेर विकास विरोधी काम गरेको टिप्पणीसमेत गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend