काठमाडौं १४ माघ । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर सत्तागठबन्धन भाग्न खोजेको आरोप लगाएका छन । सामाजिक संञ्जाल मार्फत नेता बिष्टले आफ्नो दृष्टिकोण सार्बजनिक गर्दे आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरुबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन नसक्ने जनाएका छन ।
नेता बिष्टले यतिबेला सरकारमा सामेल पार्टीहरु संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षड्यन्त्रमा तल्लिन रहृको आरोप समेत लगाएका छन । निर्वाचन आयोगले आगामी बैशाख महिना भित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटक पटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको उनले उल्लेख गरेका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend