सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राजनीतिमा राम्रा मान्छे भन्दा हाम्रा मान्छेको हाबी

राजनीतिमा राम्रा मान्छे भन्दा हाम्रा मान्छेको हाबी

डा डिआर उपाध्याय

 

भ्रष्ट आचार भएका ब्यक्तिहरुलाई हामी सबैले बहिष्कार गर्ने आँट गरौं । भ्रष्ट आचारसँग भ्रष्टाचार जोडिएको हुन्छ । पद र शक्तिको दुरुपयोग गरी पैसा कुम्ल्याउने जुन कार्य भइरहेको छ त्यो नै गलत कार्य हो । हरेक अनियमिता, ठगी, बेइमानीजस्ता कार्यहरू भ्रष्टचारसँग जोडिएका हुन्छन् । हाम्रो देशमा भ्रष्टाचार भनेको माहामारी जसरी फैलदै गएको छ । यसको जरो देखि उखेलेर फाल्ने कार्यमा हामी सबै जुटनु पर्छ । भ्रष्टाचार भनेको माहामारी जस्तो रोग हो । अहिले मुलुकमा एकपछि अर्कोगरी आर्थिक अनियमितताका घटना आउने गरेका छन् । मुलुकमा जताततै भ्रष्टाचार, अनियमितता, कमिसन, सेटिङको सञ्जाल मात्र फैलिएको छ ।नेपालमा भ्रष्टाचार धेरै पुरानो रोग हो । यो रोगलाई निमूल पार्नु पर्छ । भ्रष्टाचारको अंक बढेर अर्बैंमा पुगेको छ । न्यायालय, शिक्षालय सबै कार्यालयमा भ्रष्टाचार छ । भ्रष्टलाई कारबाही गर्नु पर्छ । दलका शीर्ष भनिनेहरू भ्रष्टचारमा संलग्न भएको समाचार बेला बेलामा आउने गरेका छन् । बिचौलिया, ठेकेदार तथा सेवाग्राही पनि आप्mनो फाइदाका लागि भ्रष्टहरू खोज्दै हिँड्ने गरेको पाइन्छ । हाम्रो देशमा भ्रष्टाचारको सञ्जाल टोडनु पर्ने अबस्था देखिएको छ । यसको नेतृत्व राजनीतिक संयन्त्र र प्रशासनतन्त्रले गरेको छ । हाम्रो देशमा प्रशासनतन्त्र अझै इमानदार हुन सकेन । अहिलेसम्म देशको कर्मचारीतन्त्रमा कुनै पनि परिवर्तन भएको छैन । कर्मचारीतन्त्रमा ब्यापक सुधार गर्नु पर्ने आबश्यकता देखिएको छ । ढिलासुस्ती नै भ्रष्टाचार गर्ने खेल हो । राज्यले बनाएका नीतिनियम, कानुनलाई कार्यान्वयन गरी जनतालाई सेवासुविधा उपलब्ध गराउने दायित्व कर्मचारीतन्त्रको हो । सरकारका नीति तथा निर्णयलाई कार्यान्ययन गर्ने संयन्त्र पनि कर्मचारीतन्त्र हो । कर्मचारीतन्त्र चुस्त, दुरुस्त, विकासमुखी, सेवामैत्री नबनेसम्म न त सेवाग्राहीले समयमा सेवा पाउन सक्छन् न त विकास निर्माणका कार्य नै सम्पन्न हुन सक्छन् । सुशासनबिना देशमा गुणस्तरीय विकास सम्भव हँुदैन । देशमा सुशासन कायम हुनु पर्छ । यो आजको आबश्यता हो । अहिले सेटिङ मिलाएर देशलाई खोक्रो बनाउने काम भइरहेको छ । हाम्रा नेताहरू आप्mनो पद, पदीय मर्यादा, देश र जनताप्रतिको गैरजिम्मेवार बन्दै गएका छन । स्वच्छ एवं निष्पक्ष प्रशासनतन्त्र नै आजको आबश्यकता हो । देश र जनताभन्दा अरु कोही पनि ठूलो छैनन् भन्ने भावना बोकेर हामी सबै हिडनु पर्छ । नीति नियम बनाउने र कार्यान्वयन गर्नेको मति नै भ्रष्ट भएको आजको अवस्थामा समाज सचेत हुन जरुरी छ । राजनीतिमा सक्षम र राम्रा मान्छे नै छैनन् । राजनीतिमा राम्रा मान्छे भन्दा हाम्रा मान्छेको हाबी बढि भयो । नातावाद, कृपावाद र आफन्तवाद नै राजनीतको ठूलो समस्या हो । संस्थान, प्राधिकरण, निगम, नियोगलगायतका राजनीतिक नियुक्ति हुने कार्यालयमा भागबन्डा गर्ने र आफ्नो मान्छे नियुक्ति गर्ने कार्यले सक्षम व्यक्ति पाखा लगाइएका छन् । सक्षम, अनुभवी एवं योग्यभन्दा आफ्ना राजनीतिक आस्था भएका वा पैसाले आप्mना बनाइएकाहरूको वर्चस्व व्याप्त छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend