आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको भब्य सम्बोधन

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको भब्य सम्बोधन

 

 

जनकपुर १३ माघ। सत्तारुढ जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई समृद्ध बनाउन गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचार अपरिहार्य रहेको बताएका छन् ।

बिहीबार लक्ष्मीनिया गाउँपालिकामा सेन्ट्रल अस्पताल उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका यादवले यस क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थामा सुधारका लागि नवनिर्मित अस्पतालको योगदान रहने विश्वास व्यक्त गरे ।

अध्यक्ष यादवले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहकारी र निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेकाले तीनै तहको सरकारले सहकारी र निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्नुपर्ने खाँचो औँल्याए ।

उनले उपचारको अभावमा कसैको मृत्यु हुन नपरोस् भन्ने उद्देश्यका साथ आफूले स्वास्थ्य मन्त्री रहँदा नयाँ स्वास्थ्य नीति ल्याएको चर्चा गर्दै सोही नीति अनुसार प्रत्येक पालिकामा अस्पताल निर्माण हुन लागेको भन्दै खुसीसमेत व्यक्त गरे ।

उनले मधेस प्रदेशमा गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य उपचारको अभाव रहेको बताउँदै निजी क्षेत्रबाट अस्पताल खोल्ने कार्यको प्रशंसा गरे । उनले विगतमा पनि मिथिला क्षेत्र शिक्षा र स्वास्थ्यको हब रहेको चर्चा गर्दै फेरि पनि शिक्षा र स्वास्थ्यको हबको रूपमा मिथिला क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए ।

सेन्ट्रल अस्पताल सञ्चालक समितिका अध्यक्ष विजय झाको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष बिन्देश्वर यादवसहितका वक्ताले उक्त अस्पताल सञ्चालनमा आएपछि आसपासका पाँच वटा पालिकावासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend