आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

राष्ट्रियसभाको परिणामले उत्साहित भएका माधव नेपाल यसो भन्छन्

राष्ट्रियसभाको परिणामले उत्साहित भएका माधव नेपाल यसो भन्छन्

 

 

काठमाण्डौं १३ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनले पार्टीमा सुखद परिणामको संकेत गरेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियसभाको परिणाम गठबन्धनको पक्षमा आएको बताए।

उनले आगामी निर्वाचनसम्म नै गठबन्धनले निरन्तरता पाउने जिकिर पनि गरेका छन्।

नेकपा एमाले ललितपुर जिल्ला कमिटीका पूर्व उपाध्यक्ष एवम् बागमती प्रदेश कमिटीका सदस्य श्यामकृष्ण सिलवालसहितका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफूहरु उत्साहित भएको बताए।

ुकारोना महामारीबीच पनि संगठन विस्तार र कमिटी गठनले तीब्रता पाइरहेको छु, उनले भने, ुएकीकृत समाजवादीमा समाहित हुनेहरुको संख्या तीव्ररुपमा बढिरहेको छ।ु

देशमा तीनै तहका निर्वाचन चाँडो र समयमै गर्न आफूहरु तयार रहेको बताउँदै अध्यक्ष नेपालले विगतमा स्थानीय निर्वाचन तीन चरणमा भएकोले स्मरण गराए।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend