आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एक वर्षमा १३ लाख ६३ हजार रुपिँया जनताको नाममा खर्चने कांग्रेस सांसद् दवाडीको भित्री रहस्य के ?

एक वर्षमा १३ लाख ६३ हजार रुपिँया जनताको नाममा खर्चने कांग्रेस सांसद् दवाडीको भित्री रहस्य के ?

 

 

 

काठमाडौ ११माघ । गोरखाको क्षेत्र नम्बर २ को (ख) प्रदेशबाट निर्वाचित नेपाली कांग्रेसका सांसद् प्रकाशचन्द्र दवाडीले १ वर्षयता गरेको आफ्नो खर्च सार्वजनिक गरेका छन् ।
‘मेरो राजनीति तपाइको सेवाका लागि, मेरो राजनीति समाजको टेवाको लागि’ भन्ने मूल नारा अघि सारेर हिँडेका उनले नारा बनाएजस्तो काम पनि गर्दै आएका छन् । उनले आज पोखरामा पत्रकारसम्मेलन गरेर अघिल्लो वर्षको पौषदेखि हालसम्म सांसद्बापत आएको तलव र भत्तालाई समाजसेवामा लगाएको स्पष्ट पारेका छन् । उनले संसद् भएबापत पाएको ७ लाख ८२ हजार ३ सय ५६ रुपिँयामा थपेर जम्मा १३ लाख ६३ हजार ८ सय रुपिँया विभिन्न सामाजिक सेवामा खर्च गरेको विवरण सार्वजनिक गरेका छन् । गण्डकी प्रदेशका संसदीय दलका प्रवक्ता र पार्टीका प्रदेश कार्यसमितिका सदस्यसमेत रहेका उनले सांसदमा निर्वाचित हुनेबित्तिकै आफूले पाउने तलवभत्ता सामाजिक कार्यमा लगाउने घोषणा गरेका थिए । उनले विभिन्न व्यक्ति, संघसंस्था, क्लव, आमा समूह, महिला समूह गरी एक वर्षभित्रमा ३१ संघसंस्थालाई सहयोग गरेको स्पष्ट पारेका छन् । उनले आफ्नो क्षेत्रमा कसैलाई अप्ठ्यारो परेको बेला सधैं सहयोग गर्दै आएका छन् । उनले कसैलाई पनि दुःख परेको हेर्न नसक्ने भएकाले आफ्नो तर्फबाट सकेसम्म सहयोग गर्दै आएको जनाएका छन् । उनले किरियामा बसेका नागरिकलाई किरिया खर्च पनि दिएका छन् भने जाडोमा कपडा लगाउन नसक्नेलाई आफ्नै ज्याकेटसमेत फुकालेर लगाइदिएका छन् ।
पत्रकार सम्मेलनमा उनले आफू सुरुदेखि नै भ्रष्टाचार र अनियमितताको विपक्षमा बोल्दै आएको बताएका छन् । ‘मैले कमाउनलाई राजनीति गरेको होइन, केही दिन सकौं भनेर लागिरहेको छु’ उनले भने ‘भोलि कुनै स्वार्थ राखेर अहिले सेवा गरेको हो कि भनेर भ्रममा नपर्न आग्रह गर्दछु ।’ उनले पार्टीले आगामी दिनमा दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने पनि प्रतिबद्धता जनाएका छन् । उनले कोरोना संक्रमणका बेला आफूले गरेका कामको विवरण सुनाएका छन् । मास्क, सेनिटाइजर वितरणका साथै अक्सिजन मेशिन ल्याउने र व्यवस्थापन गर्नेलगायतका कुरामा पनि उनले सक्रियता देखाएका थिए । उनले कोरोना संक्रमितलाई अस्पतालमा बेड मिलाइदिने मात्र गरेनन् खर्चको अभावमा उपचार गर्न नसकेकालाई आर्थिक सहयोग पनि गरे । उनले संविधान अनुसार निर्वाचन समयमा नै हुनुपर्नेमा पनि जोड दिए । देश बिगार्ने र देश बनाउने नेताहरु नै भएकाले नेताहरु र राजनीतिक दल जनताप्रति जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend