आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सत्ता गठबन्धनद्वारा संयुक्त अपिल

सत्ता गठबन्धनद्वारा संयुक्त अपिल

 

 

 

काठमाडौं १० माघ। सत्ता गठबन्धनका पाँच दलले माघ १२ गते हुन गएको राष्ट्रिय सभाको निर्वाचनमा गठवन्धनका उम्मेदवारलाई विजयी बनाउन संयुक्त अपिल जारी गरेका छन् ।

पाँच दलका शीर्ष नेताहरुले आगामी १२ गते हुन गएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट संयुक्त रुपमा अघि सारिएका उम्मेदवारहरुलाई विजयी गराएर गठवन्धनलाई अझ मजबुत तुल्याउन र लोकतन्त्र तथा संविधानको सुरक्षा एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न अपिल गरेका हुन् ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ‘एकीकृत समाजवादी’ का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एक संयुक्त अपिल जारी गर्दै गठबन्धनलाई विजयी बनाउन आह्वान गरेका हुन् ।

यसअघि गठबन्धनका दलहरुबीच एमालेले जितेको स्थानीय तहमा भागवण्डा गर्ने तथा यसअघि जुन दलको उम्मेदवार रहेको हो सोही दलबाट उम्मेदवारी दिने सहमति अनुसार उम्मेदवारी दर्ता गरिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend