आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

महामारीविरुद्ध लड्न थप इम्युनिटी पावरको आवश्यकता

महामारीविरुद्ध लड्न थप इम्युनिटी पावरको आवश्यकता

डा डीआर उपाध्याय,

 

बर्तमान देउवा नेतृत्वको सरकारले जनताका तमाम समस्या समाधान गर्ने बाटोमा लाग्नु पर्छ । सरकार भनेको जनताको अभिभावक हो । जनताको दुख्खमा साथ दिन सरकार हर दिन तयार भएर बस्नु पर्छ । जनताले कर तिरेका हुन्छन् । जनताको करमा देशको शासन सत्ता चलेको हुन्छ । आपत बिपत पर्दा सरकारले जनताको पिर मर्का बुझन सक्नु पर्छ । आज जनता आपत बिपतमा पदै छन । गरिव निमुखा जनताको गाँस बाँस कपास सरकारले ब्यवस्था गरिदिनु पर्छ । गरिव निमुखा जनताको अबस्था अहिले के छ त्यो बुझन जरुरी भएको छ । कोरोना महामारीको त्रासले यी निमुखा गरिव जनताहरु त्रासमा छन । कोरोना महामारीको त्रासले कति दिन सताउने हो कुनै ठेगान छैन । गरिव निमुखा जनताको चुलो बलेको छ की छैन त्यो बुझन जरुरी छ । आज हरेक उपभोग्य सामानको भाउ निकै आकासिएको छ । यो महंगीले गरिव निमुखा जनताको चुलो बल्न सकेको छैन । गरिव जनताको पक्षमा सबैले गम्भिरताका साथ सोच्नु पर्ने बेला आएको छ । महामारीले थलिएका बिरामी बिहान उठेर तातोपानी तताएर पिउन सक्ने अवस्था छैन, ग्यास प्रतिसिलिन्डर १ हजार ५ सय ७५ रुपैयाँ पुगिसकेको छ । दिनौं सबै कुराको भाउ अकासिँदै गइरहेको छ । महंगीले सर्वसाधारणको साँझबिहानको जीवन निकै कष्टकर बनाइरहेको छ । ओमिक्रोन महामारी संक्रमणको ग्राफ पनि उकालो चढिरहेको छ । जनजीवन वास्तवमा अहिले आएर निकै कष्टप्रद हुन पुगेको छ । यतिबेला मानिससँग महामारीविरुद्ध लड्न थप इम्युनिटी पावरको आवश्यकता छ । तर, सर्वसाधारणले यति नै बेला राम्रा् संग खान पाउन समेत सकेका छैनन् । गरिव निमुखा जनता साँझबिहानको चुलो कसरी बाल्ने भन्ने चिन्तामा छन । यस्तो अबस्थामा नागरिक कोरोनासँग कसरी लड्न सक्ने ? यो गम्भीर प्रश्न हो । सरकारले यसको जवाफ तत्काल दिनुपर्छ ।शिक्षा, स्वास्थ्य, गास, बास, कपास, नुनतेल तथा अन्य सबै सेवा नागरिकले। सहज रुपमा पाउनु पर्छ । देशलाई आत्मनिर्भर बनाउन सरकार गम्भिर रुपमा लाग्नु पर्छ । गाउँहरू तथा दूरदराजका जनताको अबस्था झन नाजुक छ । हामी परनिर्भर बनिरहेका छौ । यसरी मुलुकको भाग्य र भबिश्य निर्माण हुदैन । नेपाली आत्मनिर्भर कहिले बन्र्ने ?  हाम्रो जीवनशैलीमा परिवर्तन गर्नु पर्ने आबश्यकता छ । अकासिएको महँगीले गरिव निमुखा जनताको ढाड सेकिएको छ । आफू कसरी पालिने र आफ्ना साना बालबच्चा कसरी पाल्ने भन्ने चिन्ताले गरिव निमुखा जनता पिरोल्लिएका छन । शहर बजारमा कोठाभाडा निकै महँगो छ ।गरिव निमुखा जनता कोठाभाडा तिर्न समेत समस्यामा छन । उनीहरुलाई दुई छाक पेटभरि खान समेत समस्या छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend