आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

मन्त्री यादवले जारी गरिन् प्रेस विज्ञप्ति

मन्त्री यादवले जारी गरिन् प्रेस विज्ञप्ति

 

काठमाडौं १० माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले प्रेस विज्ञप्ति जारी गरेकी छिन् । उनले विज्ञप्तिमा आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित नरहेको दावी गरेकी छिन् । माघ ५ गते रौतहटमा आयोजित कार्यक्रममा आफूले दिएको मन्तव्यलाई पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गर्ने काम भएको उनको भनाई छ ।

उनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेट नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसै–कसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ।

वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएपनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त समेत गरेकी छन् । सीके राउतको हत्या गर्ने धम्की दिएको भन्दै उनको राजीनामा माग भइरहेको सन्दर्भमा यादवले यस्तो बताएकी हुन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend