आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सत्तारुढ पाँच दलीय गठबन्धन र कानुनविदबीच बालुवाटारमा छलफल

सत्तारुढ पाँच दलीय गठबन्धन र कानुनविदबीच बालुवाटारमा छलफल

 

 

काठमाण्डौं ९ माघ । सत्तारुढ पाँच दलीय गठबन्धन र कानुनविदहरुसँगको छलफल सुरु भएको छ। स्थानीय तहको निर्वाचनको अन्तिम समय कुन भन्ने विषयमा विवाद भइरहेका बेला कांग्रेस नेतृत्वको गठबन्धनले बालुवाटारमा कानुनविद्हरुसँग छलफल गरिरहेको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघिबाट सुरु भएको छलफलमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवलगायत सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी छन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend