काठमाडौं ८ माघ । नेकपा एमाले र नेपाली कांग्रेस पार्टी परित्याग गरि रामेछापका युवाहरू नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनीहरूलाई अध्यक्ष माधव नेपालले स्वागत गरे ।
रामेछापका खाँडादेवी गाउँपालिकाका कांग्रेस कार्यकर्ता मेखबहादुर श्रेष्ठ शनिबार नेकपा एसमा प्रवेश गरेका छन् । त्यस्तै शुक्रबार एमाले र कांग्रेसका करिब एक दर्जन जिल्लास्तरका कार्यकर्ता प्रवेश गरेका थिए ।
प्रवेश गर्नेमा खाँडादेवी ५ का कृष्ण श्रेष्ठ,सुजन श्रेष्ठ, दलवहादुर श्रेष्ठ, श्याम श्रेष्ठ, सागर पौडेल, सुदिप सिलवाल लगायत रहेको नेकपा एसका जिल्ला सहइन्चार्ज होम बुढाथोकीले बताए ।
वडा नम्बर ५ बाटमात्रै कांग्रेस र एमालेबाट ठूलो संख्यामा विद्रोह गरेर कार्यकर्ता नेकपा एसमा प्रवेश गरेको बुढाथोकीले बताए । उनले जिल्लाभर नेकपा एसमा विभिन्न पाटीमा आवद्ध र स्वतन्त्र युवाहरूको प्रवेश चलिरहेको दाबी गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend