काठमाडौं ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। शनिबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन्। सत्तारुढ राजनीतिक समन्वय समितिको बालुवाटारमा शुक्रबार अपरान्ह बसेको थियो। बैठकपछि देउवाले सर्वदलीय बैठक बोलाएका हुन्।
शुक्रबारको बैठकमा सत्तारुढ राजनीतिक समन्वय समितिमा स्थानीय चुनावबारे छलफल भएको थियो। निर्वाचन आयोग र संविधानविदहरूसँग परामर्श गरेर चुनावको मिति तय गर्नेबारे छ्लफल भएको थियो।
प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छ्लफल गर्न सर्वदलीय बैठक राखेको उनको सचिवालय स्रोतले जनाएको छ। प्रधानमन्त्री देउवाले चुनावबारे छलफल गर्न सर्वदलीय बैठक राखेका छन्। यसअघि राखेको सर्वदलीय बैठकमा प्रमुख प्रतीपक्षी नेकपा एमाले उपस्थित भएको थिएन।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend