आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

माओवादीका नेता नै एमालेमा प्रबेश

माओवादीका नेता नै एमालेमा प्रबेश

 

उर्लाबारी, ५ माघ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै उर्लाबारी नगरपालिकामा नेकपा एमाले प्रबेश गर्नेको लहर चलेको छ । माओवादी नगर कमिटी सचिवालय सदस्य राजन दाहाल एमालेमा प्रबेश गरेका छन । उनले एमालेको सदस्यता लिँदै एमाले प्रबेश गरेका हुन । उनी गत स्थानीय तह निर्वाचनमा माओवादीबाट उर्लाबारी ७ मा वडाध्यक्ष पदको उम्मेद्वार समेत भएका थिए । यस्तै काँग्रेसका सक्रिय सदस्य उर्लाबारी ४ का हरिबहादुर कटुवाल पनि नेकपा एमालेमा प्रबेश गरेका छन । कटुवाल उर्लाबारीका बिभिन्न संघसंस्थामा सक्रिय रहदै आएका छन ।

उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज बिनोद ढकाल, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, सचिव रुपेश खतिवडा, जिल्ला सदस्य पुष्प ढकाल, अग्नि भट्टराई, नगर अध्यक्ष गंगाप्रसाद बाँस्तोला, एमाले नेता राजेन्द्र पौडेल, नगर सदस्य यज्ञ भट्टराई, एमालेका कृष्ण प्रधान, नविन पराजुली, एमाले ४ नम्बर वडा अध्यक्ष दुर्गाराम कार्की लगायतले स्वागत गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend