आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

रिजालले थाले नयाँ अभियान

रिजालले थाले नयाँ अभियान

 

 

काठमाडौं ५ माघ । नेकपा एमालेका नेता रामप्रसाद रिजालले एमालेलाई जनप्रिय पार्टी बनाउन नयाँ अभियान थालेको बताएका छन् । उनले एमालेलाई देशव्यापी रुपमा बलियो पार्टी बनाउन देशका ७७ वटै जिल्लामा घरदैलो गर्नुपर्ने बताएका हुन् । नेता रिजालले यो अभियान आफूले झापाको हल्दिबारीबाट सुरु गरेको बताए । उनले भने, ‘यसरी म संगठन विस्तारमा लागेको छु, हिजो झापाको हल्दिबारीमा गएर एमाले बनाएर आए, आज मोरङको लेटाङ आईपुगेको छु । भोली मोरङकै कानेपोखरी बस्छू त्यस पछि सुनसरी हुदै सिराहा–सप्तरी हुदै उदयपुर जान्छु ।’

एमालेको संगठन विस्तार गर्न आफन्त र चिनेजानेका साथी भाईहरू जो एमालेमा छैनन् ती सबैलाई पार्टीको विधान ऐजेण्डा, सिद्धान्त र घोषणापत्र बुझाएर हरेक रणनीति अपनाएर एमाले बनाउने उनले बताए । यो अभियान देशव्यापी सञ्चालन गर्ने उनले बताए । उनले भने, ‘मैले चुनाव सम्म एमाले बनाउन अन्य ७७ जिल्लामा पार्टीको समन्वयमा जान्छु ।’

सो अभियानमा एमाले पार्टी एकताबद्ध भएर केन्द्र देखि गाउ टोल सम्म लाग्दा आगमी निर्वाचनमा जनप्रिय हुने नेता रिजालको दावी छ । उनले भने, ‘एमालेले बहुमत हैन दुईतिहाई मत ल्याउंछ । यो अभियानलाई सञ्चालन गर्न म पार्टी अध्यक्ष राजनेता केपी शर्मा ओलीलाई भेट्छु त्यसपछि केन्द्रका प्रदेश जिल्ला हुदै तल गाँउ वडा टोल सम्मका नेताहरूलाई भेटेर एमाले नभएका घरका परिवारहरु लाई एमाले बनाउने अभियानमा लागिसके ।’ दर्पण दैनिकबाट

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend