आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको छः उपेन्द्र यादव

मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको छः उपेन्द्र यादव

 

काठमाण्डौं ४ माघ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताएका छन्।

प्रदेश सभाको बैठकले प्रदेश नम्बर २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेपछि गए राति आयोजित खुशीयालीसभालाई सम्बोधन गर्दै यादवले मधेश प्रदेशको नामकरणसँगै मधेश आन्दोलनले सम्मान पाएको बताए।

‘मधेसी जनताले जुन बलिदान दिए, ती सहिदहरूको एउटा सपना मधेश प्रदेशको स्थापना थियो। त्यो सपना सफल भएको छ, यसबाट मधेश आन्दोलनले एउटा सम्मान पाएको हामीले महसुस गरेका छौँ,’ उनले भने।

मधेश प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउँदै यादवले अब असमनता, विभेद र शोषण, जातीय, सांस्कृति विभेदको अन्त्यका लागि अगाडि बढ्ने बताए।

मधेश आन्दोलनकै बलमा प्रदेशका आठवटै जिल्लाका स्थानीय तहसम्मै मधेश प्रदेश स्थापना भएको उल्लेख गर्दै उनले मधेश प्रदेश स्थापनामा सहयोग गर्ने सबै प्रदेश सभा सदस्य, राजनीतिक दलका नेतालगायतमा धन्यवादसमेत ज्ञापन गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend