आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

धुर्मुससुन्तली विरुद्ध अख्तियारमा उजुरी

धुर्मुससुन्तली विरुद्ध अख्तियारमा उजुरी

 

 

काठमाण्डौं २ माघ । धुर्मुस सुन्तली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले उनीहरुमाथि रंगशाला निर्माणका नाममा चन्दा उठाएर रकम दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

आइतबार दर्ता भएको सी–०२३५०३ नम्बरको उजुरीमा नेपाल र विदेशमा रहेका नेपालीहरु अनि भरतपुर महानगरपालिकाबाट ५७ करोड रुपैयाँ चन्दा उठाएको तर काम भने नगरेको आरोप छ । केवल १४ प्रतिशत भौतिक संरचना मात्रै बनेको भन्दै उजुरीकर्ता अधिकारीले १७ करोड रुपैयाँ थप ऋण छ भनेर दावी गर्नु हास्यास्पद भएको बताए ।

दुई अर्ब रुपैयाँको लागत अनुमान गरिएको परियोजनामा रकम उठेजति काम समेत नभएको भन्दै दुवैजनालाई छानविनको दायरामा ल्याउन माग गरिएको छ । अहिले उनीहरुले परियोजनालाई अलपत्र पारेर हिँडेको भन्दै छानविन समेत गर्न माग छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend