आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

देउवा नेतृत्वको सरकार असफलः रिजाल

देउवा नेतृत्वको सरकार असफलः रिजाल

 

 

काठमाण्डौं २ माघ । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले संसद खुल्नलाई सभामुखले आफ्नो गल्ती सच्याउनु पर्ने बताएका छन । उनले सभामुख स्वयं दल विभाजनकारी गतिविधिमा लागेकोले एमाले कडा रुपमा प्रस्तुत हुन वाध्य भएको बताए ।

उनले   प्रतिपक्षका आवाजलाई   नुसुनिकन मुलुकको शासन व्यवस्था नचल्ने बताए । रिजालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनामा सोचेजति काम गर्न नसकेको भन्दै असफल भएको टिप्पणी गरे । उनले देउवा नेतृत्वको सरकारको ६ महिनामा मुलुकको सबै क्षेत्रहरु अस्तब्यस्त जस्तै भएको बताए । उनले सरकारले देशको सिमाको बारेमा बोल्न नसकेको भन्दै आपत्ती जनाए । उनले सरकारले सीमाबारे दृढतापुर्वक भारतसँग कुरा गर्नपर्नेमा जोड दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend