बिष्णु प्रसाद शर्मा,
नेपालको राजसंस्थाको गौरवमय इतिहास रहेको छ । २०२८ सालको कुरा हो, श्री ५ महेन्द्र संग सोभियत राष्ट्रपति निकोलाई भो पोदगोर्नीले सोधेछन् -भारत -चीन जस्ता मोटा मोटा राष्ट्र, सरकार त पातलो होइवक्सन्छ । साहै अप्ठेरो होला हगी ? प्रतिउत्तरमा श्री ५ महेन्द्रले हाँस्दै जवाफ दिइवक्सेछ- पातलो माहुतेले मोटा मोटा हात्तिलाई तह लगाउँछ महामहिम ज्यू ? के यो बचन सत्य सावित भएको नै थिएन त ?
दौरा सुरुवाल, कोट माथि टोपी नेपाली राष्ट्रिय पोशाक हो । यसको महत्वपूर्ण अर्थ रहन सक्दछ । श्री ५ महेन्द्र बिर बिक्रम शाहले २०२१ । ८। १ मा नेपालमा भूमिसम्बन्धित ऐन लागु गरि बक्सेको थियो । त्यो ऐनले सबै भन्दा बढी राणा, शाह र भाईभारदारहरुलाई आहत गुग्यो भने आफ्नो कतै औंलासम्म टेक्ने ठाउँ अर्थात जमिन नभएका हलि गोठालाहरुले भूमिपती हुने अवसर प्राप्त गरेका र तीनैले आज राजसंस्थालाई पाखा लगाएर खरवपतिको बिल्ला भिरि सकेका छन । तीनै राजालाई तथानाम गाली गलौज गरेको पनि सहन गर्न सक्ने अबस्था छैन । यदि श्री ५ महेन्द्रको देनः थिएन भने हलि गोठाला खरवपति हैन, हलि र गोठाला नै बनि रहन्थ्यो । नेपाली जनताले यो तर्फ कदापी ध्यान दिन नसक्नु दुखद अबस्था हो ।
हरेक नागरिकले राष्ट्रिय परिवेशलाई बुझनु पर्दछ । हरेक नागरिकले देशको कानूनलाई जान्नु पर्दछ र कानूनको परिभाषा बुधmनु पर्ने छ । ब्याख्या आ आफ्नै होलान् तर नागरिकले कानूनको कुरा मलाई थाहा छैन भनेर सुख पाइदैन । देश चलाउने जिम्मा पाएकाहरु सबै कानूनको बन्धनमा छन र उनीहरुले भोग्नै पर्दछ । ललिता निवास, नारायणहिटी, चन्द्रागिरी , दहचोक,र शिवपुरी क्षेत्र लगायत देशका बिभिन्न भागमा रहेका ऐलानी पर्ती , खोला, सार्वजनिक जग्गाहरु ४६ पछि अत्याधिकरुपले दोहन भएका छन । त्यही जनता सचेत रहने हो भने यो सजायमा उनीहरुलाई अपराधी ठहर गर्न सकिन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend