आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले फागुनमा राष्ट्रिय सम्मेलन गर्ने

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले फागुनमा राष्ट्रिय सम्मेलन गर्ने

 

 

काठमाडौं, ३० पौष । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले राजसंस्था र हिन्दुराष्ट्रको मुद्दालाई सशक्त बनाउँदै फागुनमा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मोर्चाले फागुन १८, १९ र २० मा राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिएको हो ।

मोर्चाले अहिलेको व्यवस्थाले जनताको समस्या समाधान गर्न नसकेको भन्दै नेपालमा राजसंस्था र हिन्दुराष्ट्र अनिवार्य भएको तर्क गरेको छ । मोर्चाले पौष २७ गते ३००औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी देखि पुर्वराजा ज्ञानेन्द्र शाह उपस्थित भएर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकोमा धन्यवाद दिएको छ ।

कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष तारानाथ लुइटेलले देशलाई जोगाउन हिन्दुराष्ट्र र राजसंस्था अनिवार्य भइसकेको बताए । उनले नारायणहिटीमा भट्टी पसल खोल्न दिएको टिप्पणी गर्दै सरकारको आलोचना गरे । १२ बुंदे सम्झौताको कारण आज मुलुकमा संकट आएको बताए । मुलुकको सहि दिशामा नहिडेर गलत बाटो हिडिरहेको उनको भनाइ थियो । नेतृत्वको लागि नेपाली जनताहरु सर्वोपरी हुनुपर्ने उनको भनाई थियो । उनले पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस हर्षोल्लासको साथ मनाएको बताए । मुलुक धर्मनिरपेक्षता गएको कारण आज देशमा अशान्ती फैलिएको उनको भनाई थियो ।
महामन्त्री पुष्प पराजुलीले अहिलेका राजनीतिक दल र नेतृत्वहरु देशबाहिरका शक्तिहरुबाट संचालित भएको बताए । नेताहरु नेपाली जनताप्रति नभई विदेशी शक्तिहरुलाई खुशी बनाउन लागेको जिकिर गरे । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले यसको भण्डारफोर गर्ने बताए । देशमा अहिले चरम भ्रष्टाचार भएको भन्दै उनले न्याय दिने सर्वोच्च अदालतमा पनि भ्रष्टाचार नरोकिएको बताए । त्यसको बारेमा राज्यले जवाफ दिनु पर्नेमा जोड दिए । मुलुकको भ्रष्टाचारको नायक प्रधानमन्त्री शेरबहादुर देउवा भएको आरोप लगाए । राजनीतिक दल र नेताहरु नेपाली जनतालाई कसरी खुशी राख्ने भन्ने नभई कसरी भ्रष्टाचार गर्न सकिन्छ त्यसबारेमा बढी चिन्तित भएको उनको भनाई थियो । उनले भने, ‘प्रधानन्यायाधीशहरुले प्रधानमन्त्रीलाई नियुक्त गरको अवस्था छ ।

भ्रष्टाचारलाई प्रश्रय दिने काम नेतृत्वले नै गरिराखेको छ ।’ सबै नेताको सम्पत्ति छानबिन गर्न समेत पराजुलीले माग गरे । उनले भने, ‘सबै नेताको अबिलम्ब सम्पत्ति छानबिन गरिनुपर्छ । प्रधानमन्त्री, राष्ट्रपति, केपी शर्मा ओली लगायत सबैको ।’ पृथ्वीनारायण शाहको जन्मजयन्तीमा बिदा नदिने सरकारलाई चुनौति दिँदै स्थानिय तहले बिदा दिएको भन्दै पराजुलीले धन्यवाद दिए । उनले माघ १६ गते शहिद दिवसको अवसरमा कार्यक्रम गरि मोर्चाले मनाउने पनि जानकारी दिए । मोर्चाको फागुन १८,१९,२० गते राष्ट्रिय सम्मेलन गर्ने पनि बताए ।
कार्यक्रममा बोल्दै मोर्चाका सह–अध्यक्ष विष्णु भट्टराईले सम्प्रभु सम्पन्न नेपाली जनताहरु माझ पुग्नका लागि आजको कार्यक्रमको आयोजना गरेको बताए । राजनीतिक दलहरुले भारतको स्वतन्त्रता दिवस नेपालले मनाउदै गर्दा नेपाल बनाउने राष्ट्रपितालाई बिर्सदै गएको आरोप लगाए ।

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend