आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रधानमन्त्री देउवा शुक्रबारबाट नियमित काममा फर्किए

प्रधानमन्त्री देउवा शुक्रबारबाट नियमित काममा फर्किए

 

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारबाट नियमित काममा फर्किएका छन । मन्त्रिपरिषदको बैठक पनि बोलाइएको छ । बिहीबार गरिएको कोभिड परीक्षणमा पनि प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको छ भने यस अघि गत सोमबार गरिएको परीक्षणमा पनि नेगेटिभ आएको थियो ।

गत शनिबारदेखि राजनीतिक भेटघाट, औपचारिक कार्यक्रमलाई स्थगित गर्दै आइसोलेसनमा बस्नुभएका देउवा आजबाट सबै कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्री देउवाले गत शनिवारबाट प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबारका सबै कार्यक्रम स्थगित गरेर आइसोलेसनमा बसेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend