आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले दाङका निवर्तमान अध्यक्ष खड्काले गरे यस्तो घोषणा

एमाले दाङका निवर्तमान अध्यक्ष खड्काले गरे यस्तो घोषणा

 

 

दाङ २७ पुष । नेकपा (एमाले) दाङका निवर्तमान अध्यक्ष टीकाराम खड्काले राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् । एमाले दाङको १३ औं जिल्ला अधिवेशन सकिए लगत्तै खड्काले राजनीतिबाट विश्राम लिने घोषणा सामाजिक संजालमार्फत गरेका हुन् ।

‘आज म ज्यादै खुसी छु, संगठनको काम गर्दा सबै मित्रको निकै ठुलो सहयोग पाएँ,’ उनले लेखेका छन्, ‘म सबैलाई धन्यवाद र कृतज्ञता प्रकट गर्दछु । नेकपा एमाले दाङको १३ औं जिल्ला अधिवेशनलाई भव्य र सभ्य सफल पार्न सहयोग गर्ने सहयोगी मित्रहरूलाई आयोजकका नाताले धन्यवाद दिन चाहन्छु । र आजैका दिनदेखि राजनीतिक यात्रा विश्राम लिने निर्णयमा पुगेको जानकारी गराउन चाहन्छु ।’

२० वर्षको उमेरमा विद्यार्थी संगठनमार्फत कम्युनिष्ट आन्दोलनमा लागेका खड्का किसान आन्दोलनमा समेत सहभागी भएका थिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend