आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले स्याङ्जाको अध्यक्षमा गैरे निर्वाचित

एमाले स्याङ्जाको अध्यक्षमा गैरे निर्वाचित

 

 

स्याङ्जा २७ पुष । नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे निर्वाचित भएका छन् । आठौं जिल्ला अधिवेशनबाट अध्यक्षतामा गैरे निर्वाचित भएका हुन ।निकटतम प्रतिस्पर्धी नारायणप्रसाद मरासिनीलाई पराजित गरि गैरे एमालेको जिल्ला अध्यक्ष बने।

गैरेले ४ सय ४० मत पाएर अध्यक्ष निर्वाचित  बने । उपाध्यक्षमा कृष्ण खाण निर्विरोध चयन भए भने सचिवमा राजेन्द्र डुम्रे निर्वाचित भए। उपसचिवमा विश्व पौडेल र तारा शर्मा विजयी भएका एमाले स्याङ्जाले जनाएको छ। पौडेल मरासिनी प्यानलबाट निर्वाचित भएका हुन् भने अरू सबै गैरेको प्यानलबाट चुनाव लडेका थिए।

गैरेलाई केन्द्रीय सचिव पद्मा अर्यालको समर्थन थियो। मरासिनीलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले समर्थन दिएका थिए। माओवादीबाट वैद्य समूहसँगै निस्किएका गैरे पुनः माओवादीमै फर्किएर रामबहादुर थापा बादलसँग एमालेमा मिसिएका हुन् ।

मरासिनी सुरुदेखि नै एमाले (केपी ओली गुट) मा थिए। ११ वटा पालिकाबाट आठौँ अधिवेशनको लागि ७ सय १० जना प्रतिनिधि छानिएका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend