कठमाडौं २७ पुस। मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलमा तीन सय रुपैयाँले बढेको छ । त्यसै गरी चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
मंगलबारका लागि तेजावी सुनको मूल्य ९१ हजार १ सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर कारोबार भइरहेको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य एक हजार दुई सय ३० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend