फाइल फोटो
झापा २६ पुष । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा नेपाली काँग्रेसले बहुमत प्राप्त गर्ने बताएका छन । नेपाली कांग्रेस झापाले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा महामन्त्री शर्माले अबको निर्वाचनमा नेपाली काँग्रेसले बहुमत प्राप्त गर्ने र काँग्रेसले प्रधानमन्त्री पाउने दाबी गरे ।
काँग्रेसकै प्रधानमन्त्री बनाउँदा पाँच वर्ष प्रधानमन्त्री टिकाउन सकिएला कि नसकिएला भन्ने चिन्ता व्यक्त गरेका शर्माले ७० वर्षको लामो इतिहासमा अहिलेसम्म कोही पनि व्यक्ति पाँच वर्ष प्रधानमन्त्री पदमा टिक्न नसकेको बताए ।
महामन्त्री शर्माले भने, “एउटा निर्वाचन जित्ने र एउटा निर्वाचन हार्ने कर्म गरिरहेको काँग्रेसले देशको मुहार राम्रो ढङ्गले बदल्न सक्दैन तसर्थ यो बेला सङ्कल्प गर्नुपर्छ आगामी निर्वाचन हामीले जित्नै पर्छ ।”
नेपाली काँग्रेसलाई जित्ने मात्रै सोच छैन देश चलाउनुपर्ने दायित्व रहेको बताउँदै एक कार्यकाल मात्रै होइन अबका तीन कार्यकाल काँग्रेसलाई जिताएर मुलुकमा आमूल परिवर्तन ल्याउनुपर्ने बेला आएको शर्माको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend