पूर्वराजा ज्ञानेन्द्र शाह थापाथली नर्भिक अस्पताल गएका छन् । उनी नियमित स्वास्थ्य जाँचका लागि नर्भिक अस्पताल पुगेको बताईएको छ । पूर्वराजा ज्ञानेन्द्रलाई पहिले देखी मुटुकको समस्या देखा परेको थियो । उनलाई ५ असोज ०७१ मा हृदयघात नै भएको थियो । नर्भिक अस्पतालमा उपचारपछि स्वास्थ्यलाभ गरेका उनी त्यसयता नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् ।राजदरबारका पूर्वसचिव फणिराज पाठकले थप स्वास्थ्य समस्याका कारण नभएर नियमित स्वास्थ्य जाँचका लागि शाह आइतबार नर्भिक अस्पताल पुगेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend