२०४७ साल जेठ २४ गते स्थापना भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ २०७५ जेठ २४ गते २८ बर्ष पुरा भई २९ औं बर्षमा प्रवेश गरेको अवसरमा महासंघले एक समारोह आयोजना गरि २९औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
महासंघका बरिष्ठ उपाध्यक्ष श्री उमेश प्रसाद सिंहको सभापतित्वमा आयोजित बार्षिकोत्सव कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष श्री सुरेश प्रधान, केन्द्रीय सल्लाहकार समितिका सभापति तथा पूर्व अध्यक्ष श्री बासुदेव गिरी, सल्लाहकार तथा पूर्व अध्यक्ष श्री आङ्ग देण्डी शेर्पा, सल्लाहकार तथा पूर्व अध्यक्ष श्री लता प्याकुरेलले महासंघको महत्व र इतिहासका बारेमा बोल्नु भएको थियो भने उपाध्यक्ष श्री शोभा गुरुङ्गले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

बार्षिकोत्सव कार्यक्रम संचालन महासंघका महासचिव श्री डम्वर प्रसाद रेग्मीले गर्नुभएको थियो भने समारोहमा महासंघका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु, सल्लाहकारहरु केन्द्रीय महिला उद्यमी समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका कार्यसमिति तथा जिल्ला महिला उद्यमी समितिका पदाधिकारी तथा सदस्यहरु, बस्तुगत संघका अध्यक्ष एवं पदाधिकारीहरु, उद्यमीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । यसैगरी महासंघको २९औं बार्षिकोत्सव कार्यक्रम विभिन्न जिल्लाहरुमा समेत सम्पन्न भएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend