हरिभक्त सिग्देल ‘महेश’
म बालक बनी वस्तु कोपिला फूल बीचमा
म फुल्छु यौवना बन्दै फकँदो फूल रूपमा ।
नटिप्नू हातले फूल लाग्दछन् अति सुन्दर
म देव फूलमै रम्छु नटिप हेर सुन्दर ।।
सर्वशक्ति छ यो मातृशक्ति नै फूलमा सधै
म रम्छु फूलमै हेर पाप छन् टिप्नुमा अझै ।
निमोठी नछरेस माथ दया छ मनमा भने
सम्झ यो बैसमा आफै निमोठियौ तिमी भने ।।
सुन्दरता यसैमा छ भन्छ यो फूल फुल्दछु
पूर्ण आयु खुसी बाँड्दै बोटमै म रमाउँछु ।
नचढाऊ कतै फूल म स्वयं नै छु ईश्वर
शुद्ध यो जल अर्पेर बनाऊ दन ईश्वर ।।
नटिप्नू फूल यो कोही न उड्दछ सृष्टि नै
दन खुसी कहाँ मिल्छ निमोठी देवदृष्टि नै ।
नटिप हेर मात्रै है फूलमा पनि
हेर दङग् परी हाँस नटिप तर क्वै पनि ।।
ईश्वरको छ नै रूप वासना मग्मगाउँछ
जो टिप्छ ऊ दुखी हुन्छ त्यसैले दुःख पाउँछ ।
फूल रोप त्यही गोड नटिप कहिल्यै पनि
सुख सन्तुष्टि छन् हेर रमाऊ त्यसमै अनि ।।
मुक्तिनाथ दर्शन साहित्यिक त्रैमासिक पत्रिकावाट साभार
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend