८ कार्तिक, काठमाडौं । नेपाली जनतानै खराव र दुष्ट प्रवृत्तिबाट ग्रसित भएकाले नेपालले विकास गर्न सकेन-पाएन ! एक्लो श्री ५ महेन्द्रले बनाउने ठूलो प्रयत्न नगरेको भए, हामी नेपाली नै नहुने पक्कै रहेछ । काठमाडौंका मेहरले स्टाटर लेखे ! कुन शैली र भङ्तीमा लेखे ? त्यसको असर के ? यो के भन्न खोजिदै छ ? नबुझी-प्रतिउत्तरमा आयो -” यो हो नी त!” के हो? उनले कुन प्रकारको आशय प्रकट गरे ? धेरै प्रश्न चिन्ह छ । बुजेको हुदैन लेख्न हतारो ?
नेपाली जनताले राजनीती किमार्थ बुझेकै छैनन् ! नबुझेको कामले अरुलाई फाइदा पुग्दछ । यसर्थ नबुझेको काम नगरौं र नबोलौं यो मेरो बिनम्र अनुरोध हो । कसैले भान्जी भिराए र कसैले स्वास्नी बाना,राजा जिल्लापुग्दा बम हाने, टुडिखेल पुगे कालो झण्डा देखाए । जनताका घर्का धानका भकरी लुटियो । खसी बाख्राकटेर खाइयो । तरुनी छोरी बुहारीलाई बलात्कार गरियो-गराइयो अनि कसरी देश बन्नु र इण्डिया बन्यो नेपाल खरानी !
कसरी देश विकास हुनु र ? फेरि राजाले देशमा विकास हुनै दिएनन् भनेर झ्याली पिटाइयो धन्ने हो ! दलियता !! तैपनी राजाले छोडिदिए झनै देश उठ्नै नसक्ने गरे खरानी बन्यो ।
नेपाल किन विकास हुन सकेन ? यो गम्भी प्रश्न रहदै आएको छ । नेपाली जनता कहिल्यै एक अर्काले गरेको काममा सहयोग पुराउ , बाधा नपुराउ भन्नू भनदा बधा र व्यबधान सृजना गराउन मात्र जान्दछन ! साथ र सहयोय दिन पर्दछ भनेर कहिल्यै जान्दैनन । कुन व्यक्तिले के गर्न सक्दछ ? कस्तो जिम्मेवारी कसलाई दिदा काम सजिलै फत्त्य हुन सक्दछ भनिकन निर्णय हुदैन । कुन मानिसले राष्ट्रलाई कस्तो सहगोग पुराउन सक्दछ भन्ने हेरिदैन । केवल नगिचको, भष्ट्राचार गरेर भाग दिने हो होइन ? श्री ५ महेन्द्रले कालभैरव भकाएर देशको लागि काम गर्न सक्ने इमान्दार, सक्षम, विद्ध्ता र चतुरो नै खोजी गरेका हुन्थ्ये।
छिमेकी र परको शुभ चिन्तक खुट्ट्याउन सक्ने क्षमता उहामा थियो र नै यतिसम्म हुन सकेको हो । संयुक्त राष्ट्रसंघको सदस्यता लिन उहालाई निकै असहज छिमेकीले बनाएकै हो । छिमेकीसंगको सम्बन्ध के र कस्तो भन्ने पनि बुझेको हुँदा सफलता प्राप्त भएको हो ।
नेपालका राजनीतिक दलहरु र संलग्न व्यक्तीत्वको पहिचान राम्रै रहेको हुँदा उहाले हर संकटको समना गर्नु परेकै हो र चिर्दै अगाडि बढेकै हो । यो छिमेकीलाई मन परेको थिएन र हत्या गरियो ।
जनताले देश विकासमा साथ सहयोग दिनै पर्द छ । तर दलबलियो बनाउन होइन। दल बलियो बनाउदा आज देशको यो अवस्था हुन पुग्यो । अब पनि जनताले नबुझी, राजाको आवस्यकता नबुझ्ने र संसद व्यूउत्याउने वा निर्वाचन यो अवस्थामै हुने हो भने देशले झनै गम्भीर अवस्थाको समना गर्न तैयार रहनु पर्दछ । निकास भनेको सबैले श्री ५ ज्ञानेन्द्रलाई सत्ता सुम्पेर संविधान नयाँ बानाएर त्यस्पछी निर्वाचन गराएर आएको संसदले संविधान लेखेमा देशले निकास पाउदछ र १० वर्ष कडा मेहनत गरेर देशलाई माथी उठाउन सकिन्छ । नोटः यो लेखकको निजी बिचार हो । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुनुन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend