काठमाडौं। नापी कार्यालय डिल्लीबजार ३ नम्बर नापी टोली माछापोखरीका टोली प्रमुख अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार वलीलाई पक्राउ गरेको हो। उनको साथबाट घुस लिइसकेको अवस्थामा नौ लाख रुपैयाँ नगद बरामद भएको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले बताए।
छुट जग्गा दर्ता सिफारिससहितको मिसल पत्र भूमि प्रशासन कार्यालय मनमैजुमा पठाउनको लागि सेवाग्राहीलाई सास्ती दिएर घुस मागेको उजुरीपछि अख्तियारको टोली पुगेको थियो। टोलीले वलीलाई विशेष अदालतबाट भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend