आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

काठमाडौं क्षेत्र नम्बर ७ मा कांग्रेसबाट उम्मेदवारी दाबी गर्ने पाण्डे को हुन् ?

काठमाडौं क्षेत्र नम्बर ७ मा कांग्रेसबाट उम्मेदवारी दाबी गर्ने पाण्डे को हुन् ?

काठमाडौं १९ भदौं। काठमाडौंको क्षेत्र नम्बर ७ को प्रतिनिधिसभाको उम्मेदवारमा नेपाली कांग्रेसको तर्फबाट दयाराम पाण्डेको पनि उम्मेदवारी परेको छ । उनको नाम क्षेत्रिय समितिले जिल्ला हुँदै केन्द्रमा पठाउने छ ।
कांग्रेसका निवर्तमान केन्द्रीय सदस्यसमेत रहेका पाण्डे राजनीतिसँगै सामाजिक र धार्मिक कार्यमा पनि सक्रिय छन् । लामो समयसम्म राष्ट्रसेवक कर्मचारी भएर राजनीतिमा लागेका उनी भ्रष्टाचार र अनियमितताको पनि चर्को रुपमा विरोध गर्दै आएका छन् । ‘म त धार्मिक आस्था र विश्वासले भरिएको मान्छे हुँ त्यसैले पनि कसैको अहित हुने काम गर्दिन’ उनले भने ‘अबको बाँकी जिवन राजनीतिमा लगाउने छु, समाजसेवा नै मेरो मुख्य लक्ष्य हो ।’ पाण्डेले आफ्नो योगदानको कदर गर्दै पार्टीले टिकट दिनुपर्ने दाबी गरेका छन् । उनले आफू उम्मेदवार भएपछि त्यस क्षेत्रको माहौल नै फरक हुने पनि बताएका छन् ।
‘म सबैको साझा मान्छे हुँ, फरक पार्टीसँग पनि मेरो राम्रो सम्बन्ध छ त्यसैले पनि चुनाव जित्छु भन्नेमा ढुक्क छु’ उनले भने ‘अहिले कांग्रेसको लागि राम्रो अवसर हो, एमालेप्रति जनता अब सकारात्मक हुन सक्दैनन् त्यसैले कांग्रेसको विकल्प छैन ।’ उनले कांग्रेस गठबन्धनभित्रको प्रमुख पार्टी भएकाले सबैलाई मिलाएर लाने जिम्म पनि उसैको भएको बताएका छन् । गठबन्धनको विरुद्धमा आएका अभिव्यक्तिप्रति असन्तुष्ट हुँदै केन्द्रमा भएको सहमति सबैले मान्नुपर्ने र आन्तरिक मतभेदलाई व्यवस्थित गर्दै जानुपर्नेमा जोड दिएका छन् ।
‘यो क्षेत्रमा कांग्रेसले त्यति राम्रो उपस्थिति जनाउन सकेको छैन, पछिल्ला निर्वाचन सबै हार्दै आएका छौं, यसपालिबाट म जितको थालनी गर्नेछु’ उनले भने ‘म पनि प्रतिस्पर्धामा अघि नै छु, सबैको विश्वास पाएको छु त्यसैले म निर्वाचन जितेर देखाउँछु ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend