आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कर्मचारीहरुको जायज माग सम्बोधन गर्दै छिट्टै संघीय निजामती ऐन ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

कर्मचारीहरुको जायज माग सम्बोधन गर्दै छिट्टै संघीय निजामती ऐन ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं १९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीहरुको जायज माग सम्बोधन गर्दै छिट्टै संघीय निजामती ऐन ल्याउने प्रतिबद्धता जनाएका छन । नेपाल निजामती कर्मचारी युनियनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन ।

ऐनको सन्दर्भमा आएका सुझावहरुका बारेमा आफू जानकार रहेको भन्दै उनले ऐन अघि बढाउँदै कर्मचारीको मागका साथै समय सापेक्ष सुधारको बाटो अबलम्वन गरिने धारणा राखे । उनले स्थायी सरकारको रुपमा रहेको निजामती सेवा सरकारको राज्य सञ्चालनको नजिकको संयन्त्र भएको बताए ।

उनले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरी निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । संघ र प्रदेशको निर्वाचन नजिकिँदै गरेको अवस्थामा यसको तयारीका लागी सरकारलाई सहयोग गर्न कर्मचारीसमक्ष आग्रह गरेका हुन् । त्यस्तै, कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा परिवर्तनीय दस्तावेज भएको भन्दै कर्मचारीहरुको जायज मागलाई सम्बोधन हुने गरी ऐनलाई अन्तिम रुप दिनुपर्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend